close

पार्टी फुट र मन्त्री हेरफेरबारे छलफल गर्न जसपा केन्द्रीय समिति बैठक बस्दै

पार्टी फुट र मन्त्री हेरफेरबारे छलफल गर्न जसपा केन्द्रीय समिति बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यही असार २७ र २८ गते वीरगञ्जमा बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

बैठकमा मन्त्री हेरफेर, विद्यान अधिवेशन, स्थानीय तह निर्वाचनको समीक्षा र पार्टी विवाद र फुटको बारेमा छलफल हुने बताइएको छ । 

बुधबारमात्र पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच मित्रवत् रुपमा सौहार्दपूर्ण तरिकाले छुट्टिने सहमत भएका थिए ।  

एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिने सहमति भएको तथा एकले अर्कालाई गद्दार र विभाजनकारीको आरोप नलगाउने तथा भविष्यमा सहमति गरेर अगाडि बढ्न सकिने सम्भावनालाई समेत जिवित राख्दै छुटिन तयार भएका थिए । 

पार्टी फु्ट्ने निश्चित भएसँगै जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।