close

शेखर समूहको भेला सुरु

शेखर समूहको भेला सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहले आफ्नो समूहको भेला सुरु भएको छ । 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी शेखर पक्षको भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा, नेताहरू बलबहादुर केसी, चन्द्र भण्डारी, दिलेन्द्र बडूलगायत केन्द्रीय सदस्य, युवा नेता र सांसदलगायत सहभागी छन् । 

भेलामा भ्रातृ संस्थाहरूको मनोनयन, चुनावको समीक्षा देशको बिग्रँदो अवस्थालगायत विषयमा छलफल भइरहेको भण्डारी बताइएको छ। सभापति देउवाले गुटको नभई देशको नेतृत्व गर्नुपर्नेमा भ्रातृ संस्थाको गठन लगायतका प्रक्रियामा गुटभन्दा माथि उठ्न नसकेका कारण छुट्टै भेला गर्नुपरेको भेलामा संलग्नहरूको आरोप छ ।