close

बागमती प्रदेशको बजेट बहुमतले पारित

बागमती प्रदेशको बजेट बहुमतले पारित

Trulli
ADVERTISEMENT

 काठमाडौं । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रदेशसभा बहुमतले पारित गरेको छ । 

असार १ गते प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट  विनियोजन  विधेयक, २०७९ बहुमतले पारित भएको हो । बैठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए ।

प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा  १३ अर्बले बढी छ ।