close

देउवाले पार्टीको नेतृत्व गर्न नसकेको भण्डारीको आरोप

देउवाले पार्टीको नेतृत्व गर्न नसकेको भण्डारीको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुगेका नेता भण्डारीले देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका हुन् ।

सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको भण्डारीको टिप्पणी छ । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उनले आरोप लगाए ।

उनले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको समेत बताए । सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उनको सुझाव छ । उनले नेता शेखर कोइराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको समेत दाी गरे ।

‘यो गुटको भेला होइन विचारको भेला हो । हाम्रो पार्टीले छ महिनाको विधान अनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ। त्यो पनि गर्न नसक्ने । सबैले सरकार पुनर्गठन गर्छन् त्यसको बारेमा पनि कुनै आवाज उठाउन नसक्ने । सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ ।’ उनले भने, ‘सबै कुरालाई गुटको रुपमा हेर्नु हुँदैन । विचारको रुपले पनि हेर्नुपर्छ ।’

नेता कोइराला पक्षीय नेताहरुको भेला बत्तिसपुतलीमा जारी छ ।