close

नागरिकता विद्येयक पास भएपछि मधेशका थप ९ लाखले नागरिकता पाउँछन् : यादव

नागरिकता विद्येयक पास भएपछि मधेशका थप ९ लाखले नागरिकता पाउँछन् : यादव

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक पास भएपछि मधेशका थप ९ लाखले नागरिकता पाउने बताएका छन् ।

बुधबार वीरगञ्जमा आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

‘संसदबाट नयाँ नागरिकता विद्येयक पारित भए ८/९ लाख व्यक्तिहरुले नागरिकता पाउनेछन्, जस्मा ठुलो संख्या जन्मसिद्ध नागरिकता रहेका छन्’ अध्यक्ष यादवले भने । 

केन्द्रीय समितिको बैठक भोलिसम्म सञ्चालन हुनेछ ।