close

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच भेटवार्ता हुने

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच भेटवार्ता हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार भेटवार्ता कार्यतालिका तय भएको छ । 

भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता हुने भएको हो । 

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । 

शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट हुने कार्यक्रम छ।  शनिवार नै प्रचण्ड फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम छ ।