close

भारतीय विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।