close

राम्रा कामको प्रोत्साहन र गलतको आलोचना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको आग्रह

राम्रा कामको प्रोत्साहन र गलतको आलोचना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको आग्रह

Trulli
ADVERTISEMENT

रुपन्देही । नेपाली काँग्रेसबाट निर्वाचित रुपन्देहीका जनप्रतिनिधिहरुले स्थानीय तहबाट भएका गलत कुराहरुको ढाकछोप नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको अन्तरसंवाद तथा बधाई कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले अनियमितता तथा भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दै कुनै कमीकमजोरी भए औंल्याईदिन पनि आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले आफूहरु पार्टीबाट निर्वाचित भएर आए पनि साझा जनप्रतिनिधि भएको बताउँदै जनचाहना र त्यहाँको आवश्यकताअनुसार काम गर्ने बताए ।

उनले पालिकामा कानून विपरितका कुनै काम नगर्ने बताउँदै कमीकमजोरी भएमा सत्य तथ्यमा आधारित भएर रचनात्मक आलोचना गर्न आग्रह गरे । 

त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका उपसभापति तथा सियारी गाउपलिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो पालिकाले गरेका गलत भए आलोचना गर्न र राम्रा कामको पनि समाचार लेखेर प्रोत्साहन गर्न आग्रह गरे ।

नेपाली काँग्रेस बुटवलका सभापति तथा बुटवलका उपमहानगरापलिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समस्यामा आफूले निरन्तर चासो दिएको बताए । 

कार्यक्रममा सहभागी पत्रकारहरुले सुचना सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीको समस्यालाई ध्यान दिन आग्रह गरेका थिए ।