close

गभर्नर अधिकारीविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

गभर्नर अधिकारीविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

Trulli
ADVERTISEMENT

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार बालुवाटारमा घेराउ तथा विरोध प्रदर्शन गरेका छन् ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरू केही दिनयता गभर्नर अधिकारीविरुद्ध आन्दोलनमा ओर्लिएका छन् । आइतबार बिहानै नेविसंघ र अखिल (क्रान्तिकारी) ले बालुवाटारमा नेपाल राष्ट्र बैंकको गेट अगाडि विरोध प्रदर्शन गरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेका थिए ।

विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका हुन्।

उता गभर्नर अधिकारीले एम अधिकारी भन्ने व्यक्ति आफू नभएको बताउँदै आएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालयले समेत एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नभएको बताएको छ। तर, प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारी भन्ने व्यक्तिबारे विस्तृत विवरण भने दिन सकेको छैन।

एमाले कै एक नेताका अनुसार खोटाङ घर भएका तथा एमालेको अर्थ तथा योजना विभागमा बस्न लायक डमी पात्र नभेटिएको कारण अहिले रक्षात्मक हुनु परेको हो।