close

प्रदेश १ सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

प्रदेश १ सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रदेशको नामांकरणबारे छलफलका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन् । 

नामकरणका लागि दलहरू आ-आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन्।

उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले थाहाखबरलाई जानकारी दिए।

बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। मुलुकका ७ मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन्। प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन।

प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजेका लागि डाकिएको छ। यसअघि असार १९ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।