close

सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि एमसिसी र एसपिपीहरू खतरनाक : विप्लव

सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि एमसिसी र एसपिपीहरू खतरनाक : विप्लव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन्। अध्यक्ष चन्दले सोमबार राजधानी काठमाडौंमा एक अनलाइन पत्रिका उद्घाटनका क्रममा यस्तो बताएका हुन्  ।

सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसिसी र एसपिपीहरू नेपालमा आइलागेको बताउँदै उनले नेपालमा राजनीतिक अस्थिरता प्रतिदिन गहिरिँदै गएको बताए । 

उनले भने, ‘हाम्रो नेपालको स्वाधिनता र सार्वभौमिकता निकै खतरामा छ अहिले। इतिहासको कुनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा छ। १८१६ को सुगौली सन्धिभन्दा पनि १९५० को दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसिसी र एसपिपीहरू हाम्रो आकाशमाथि आइलागेका छन्। हाम्रो देशमाथि आइलागेका छन्। देशको भविष्यको बारेमा सबै युवाहरूमा चिन्ता छाएको छ। यो एउटा संकट खडा भएको छ।’