close

प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन निर्वाचन गर्ने कांग्रेसको निर्णय

प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन निर्वाचन गर्ने कांग्रेसको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले आमनिर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ।   कांग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ। बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिए ।

नेपाली कांग्रेसले नागरिकता विधेयक पास गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको शर्माले जानकारी दिए । 

केही दिनअघि संसद्मा नागरिकता विधेयक दर्ता भएको छ । नागरिकताको विषयमा कांग्रेसकै नेताहरूले आलोचना गर्दै आएका थिए ।