close

नेपालमा उत्पादित जनशक्तिले नेपालको सेवा गर्ने वातावरण निर्माण गरौँ : मुख्यमन्त्री

नेपालमा उत्पादित जनशक्तिले नेपालको सेवा गर्ने वातावरण निर्माण गरौँ : मुख्यमन्त्री

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसाबले नेपाल अब्बल भएकाले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातावरण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताए ।

लुम्बिनी युनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले यस्तो बताएका हुन । 

उनले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाँजालाई पनि बिरामीको औषधिको रूपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गरे । 

मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले नै आर्थिक संकलन गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका बिरामीको जीवन बचाउने कार्य गरिरहेको करुणा समाजलाई धन्यवाद दिँदै उनले भने, ‘तपाईंले गरेको योगदानले  आर्थिक अभावमा रहेका धेरै बिरामी जीवन बचाउनु भइरहेको छ ।  यसलाई आगामी दिनमा आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाउनु पर्दछ ।’

मुख्यमन्त्री कुलप्रसाद केसीले राम्रो विषय अध्ययन गर्दा नेपालमा गर्ने, तर, कामका लागि अमेरिका, अस्ट्रेलियालगायत देशमा जाने चलन रहेको बताउँदै राज्य दक्ष जनशक्ति नेपालमै रोक्न तयार हुनुपर्ने बताए । 

नेपाली जनताको स्वास्थ्यमा सुधार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । 

जुन देशमा स्वस्थ्य नागरिक हुन्छन् त्यो देश समृद्धि हुने उनको भनाइ थियो । 

मुख्यमन्त्री केसीले लुम्बिनी मेडिकल कलेजले जनतालाई दिएको सेवाका लागि आफूलाई पनि खुशी लागेको बताउँदै त्यस सेवालाई अझै असाहय नागरिकहरूको जीवन बचाउन प्रयासलाई अगाडि बढाउन निर्देशन दिए ।