close

विचार मिल्नेसँग गठबन्धन गर्ने तीन दलका शीर्ष नेताको छलफलको निष्कर्ष

विचार मिल्नेसँग गठबन्धन गर्ने तीन दलका शीर्ष नेताको छलफलको निष्कर्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वनेकपाका बहुमत संख्या तथा तीन दलका शीर्ष नेताबीच भएको छलफलले विचार मिल्नेसँग गठबन्धन गरेर जाने निष्कर्ष निकालेको छ । 

मंगलबार सिंहदरबारमा तीन दलका शीर्ष नेताको छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस्तो जानकारी दिएका हुन् । 

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच भने पार्टी एकताका लागि पनि सम्वाद भइरहेको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम सहभागी थिए । 
छलफल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।

नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।

यस्तै, सो छलफलअघि समाजवादीका नेता बाबुराम भट्टराई र नेकपा माओवादीका अध्यक्ष दाहालबीच छलफल भएको थियो । सो छलफलमा समाजवादी केन्द्र बनाउनेबारे कुराकानी भएको बताइएको थियो ।