close

गठबन्धनमा भर पर्दा स्थानीय तहमा सोचेअनुरुप भएन : माधव नेपाल

गठबन्धनमा भर पर्दा स्थानीय तहमा सोचेअनुरुप भएन : माधव नेपाल

Trulli
ADVERTISEMENT

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले स्थानीय तहमा गठबन्धनमा भर पर्दा सोचेजस्तो परिणाम नआएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

यस्तै, उनले पार्टीभित्र धेरै गुटबन्दी भएको गुनासो गरेका छन् । 

‘गठबन्धनको गीत हामीले धेरै बढी गायौँ। गठबन्धनको भरोसा धेरै गर्‍याैँ। अरूको सहारामा बाँच्ने भनेपछि आफ्नो शक्त्रि निर्माणमा ध्यान जाँदो रहेनछ। अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन,’ उनले भने । 

‘आफ्नै शक्तिमा भरोसा गर्ने आफ्नै तागतको भरमा जित्छु भन्ने आफैँ पार लगाउन सक्छु भन्नेले पार्टीको विश्वास जित्दा रहेछन्। हामी गठबन्धनको गीत गाएर तयारी गरेको भए पार्टीको प्रचार हुन्थ्यो। संघ र प्रदेशको निर्वाचनलाई सहयोग पुग्थ्यो’‚ उनले भने, ‘कतिपय ठाउँमा हामीले आँट गरेनौँ। गठबन्धन नहुने भएपछि फिर्ता लियौँ। कागजमा गरेको सहमति पालना भएन।’