close

कालो धन सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण : एमाले महासचिव

कालो धन सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण : एमाले महासचिव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण भएको बताएका छन् । 

बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो,’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनले टिप्पणी गर्दै उनले भने,  ‘जबकी पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ ।’

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन् ।

उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।