close

संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै ​​​​​​

संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । संसदीय विशेष समितिले बिहीबार (आज) निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ। 

समितिले आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेशबारे बयान लिन लागेको हो । 

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट  राजीनामा दिइसकेका छन् । 

यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिइसकेको छ ।

समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो, जुन शुक्रबार सकिँदैछ।