close

प्रचण्डको बाबुरामलाई प्रस्ताव : पार्टी एकीकरण गरी समाजवादी केन्द्र बनाऔँ

प्रचण्डको बाबुरामलाई प्रस्ताव : पार्टी एकीकरण गरी समाजवादी केन्द्र बनाऔँ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई समाजवादी बनाउन प्रस्ताव गरेका छन् । 

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्ड र बाबुरामबीच निरन्तर भेट भइरहेको र बुधबार भएको अनौपचारिक भेटका क्रममा अध्यक्ष दाहालले भट्टराईलाई यस्तो प्रस्ताव गरेका हुन् । 

बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको उनले बताए । 

‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔँ । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत अर्को एक स्रोतले भन्यो ।

सो स्रोतका अनुसार भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए ।