close

तीनबुँदे सहमति कार्यान्वयनका लागि विप्लव नेतृत्व माओवादीको दबाब

तीनबुँदे सहमति कार्यान्वयनका लागि विप्लव नेतृत्व माओवादीको दबाब

Trulli
ADVERTISEMENT

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिएको छ । 

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि सोमबार विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

साथै, सो सूचनामा सहमति कार्यान्वयन नभए चुप लागेर नबस्ने भनी चेतावनीको भाषासमेत उल्लेख छ । 

‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ,’ प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’

थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।