close

लिम्पियाधुरासहितको भूमि नक्सामा सामेल गराएकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

लिम्पियाधुरासहितको भूमि नक्सामा सामेल गराएकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको पदबाट हट्नुको मुख्य कारण लिम्पियाधुरा, लिपुलेकसहितको भूभागलाई नेपाली नक्सामा सामेल गराउनु रहेको बताएका छन् । 

काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनका क्रममा अध्यक्षा ओलीले यस्तो बताएका हुन् । 

‘… त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्नेछ’ उनले भने, ‘नभन्दै हट्नुपर्‍यो पनि ।’