close

आज चुनावको मिति घोषणा हुने, संसद् विघटन नहुने

आज चुनावको मिति घोषणा हुने, संसद् विघटन नहुने

Trulli
ADVERTISEMENT

काठमाडौं । आज मन्त्रीपरिषद‍्को बैठक बस्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले संघीय तथा प्रदेशसभाको निर्वाचनको मिति तोक्ने भएको छ । 

बिहीबार दिउँसो १ बजे मन्त्रीपरिषद् बैठक बस्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पालिका खबरलाई बताए । आज बस्नै मन्त्रीपरिषद‍्को बैठकले उक्त निर्वाचनको घोषणा गर्ने तयारी छ । बैठकले मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने औपचारिक निर्णय गर्नेछ ।

आज निर्वाचनको मिति घोषणा भए पनि संसद भने विघटन नहुने स्रोतले जनाएको छ । सत्तारुढ दलका एक नेताका अनुसार कानुनमा विघटन हुने कि नहुने भनेर स्पष्ट व्यवस्था नभएको कारण शीर्ष नेताहरूबीच मनोनयनअघिसम्म संसद् विघटन नगर्ने सहमति भएको हो । 

चुनाव घोषणापछि संसद् विघटन हुने कि नहुने राजनीतिक दल, कानुनविद‍्बीच भिन्न मतका बीच विघटन नगर्ने भद्र सहमति भएको स्रोतको दाबी छ । प्रतिनिधिसभाको कार्यकाल २२ मङ्सिरमा सकिँदै छ ।