close

कम्युनिस्ट ढाल्न कम्युनिस्ट नै लागि परे : ओली

कम्युनिस्ट ढाल्न कम्युनिस्ट नै लागि परे : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बनेको बताएका छन् । 

विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा शनिबार अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘कांग्रेसको बिड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँड कस्ता छन् के के नामका छन्,’ उनले भने । 

यस्तै, उनले २०७४ सालमा कम्युनिस्ट मिलेर नेपाली कांग्रेसलाई हराएको स्मरण गर्दै उनले हाल कम्युनिस्ट हराउन कम्युनिस्ट नै लागिपरेको बताए ।