close

निर्वाचन आयोगमा आजदेखि दल दर्ता

निर्वाचन आयोगमा आजदेखि दल दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत आजदेखि दल दर्ता आह्वान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ । 

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायत विवरण पेश गर्नुपर्नेछ ।