close

तेस्रो दिनको बैठकबाट माओवादीको महासचिव टुङ्गो लाग्ला ?

तेस्रो दिनको बैठकबाट माओवादीको महासचिव टुङ्गो लाग्ला ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि पदाधिकारी चयनका लागि बस्दै आएको बैठक आज दिउँसो १ बजे पनि बस्न लागेको हो । 

पार्टी कार्यालय पेरिसडाँडामा दुईदिनसम्म जारी बैठकमा महत्त्वकांक्षी धेरै भएपछि पदाधिकारी पूर्णता दिन सकेको छैन । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । 

पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी गरेका थिए ।