close

मतदाता प्रभावित पार्नेखालका नयाँ कार्यक्रम थप नगर्न आयोगको निर्देशन

मतदाता प्रभावित पार्नेखालका नयाँ कार्यक्रम थप नगर्न आयोगको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले मतदाता प्रभावित पार्ने खालका कुनै पनि नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।  

अयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको भन्दै एक सूचना जारी गरी संघ, प्रदेश र स्थानीय तहलाई सो निर्देशन दिएको हो । 

आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशहरूमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुस्ट रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भइसकेपछि छनौट गर्ने गरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको हुँदा यस प्रकारका योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकोले विपद् वा महामारीको पूर्व तयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सो को सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषयबाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन हुन अनुरोध गरिन्छ ।’