close

गिरीको निधनप्रति उपराष्ट्रपतिद्वारा शोक व्यक्त

गिरीको निधनप्रति उपराष्ट्रपतिद्वारा शोक व्यक्त

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति उपराष्ट्रपति नन्दबहादुर पुनले शोक व्यक्त गरेका छन् .

उपराष्ट्रपति पुनले आइतबार एक विज्ञप्ति जारी गर्दै सांसद गिरीको निधनप्रति शोक व्यक्त गरेका हुन् । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरिज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले माननीय प्रदीप गिरीज्यूको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ ।’