close

टीकापुर घटनाको ७ वर्ष : नागरिक उन्मुक्ति पार्टीले ‘विद्रोह’ दिवस मनाउँदै

टीकापुर घटनाको ७ वर्ष : नागरिक उन्मुक्ति पार्टीले ‘विद्रोह’ दिवस मनाउँदै

Trulli
ADVERTISEMENT

धनगढी । भदौ ७ गते कैलालीको टीकापुरलगायत स्थानमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर विद्रोह दिवस मनाएको छ । 

टीकापुरमा २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर विद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम रहेको छ ।

७ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित सातजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन् ।

साढे तीन वर्षपछि टीकापुर घटनासम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो । श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात् १० वर्ष सजाय तोकिएको थियो ।

यस्तै, लक्ष्मण थारू, लाहुराम चौधरीलगायत १२ जनालाई तीन वर्ष कैद तोकिएकोमा उनीहरू कैद भुक्तान गरेर छुटेका थिए । तर, जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारूलाई पनि जन्मकैद हुुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् ।

६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाई पाएका थिए । हालसम्म फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।

अदालतले थारू समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ ।