close

प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन  गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री  देउवा आज त्यहाँ जाने भएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो । 

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न भएकाे थियो । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।  यो  सभाहल एक हजार सीट क्षमताको छ ।