close

लगानी भित्र्याउने हिसाबले रुपन्देही अग्रणी स्थानमा : पूर्वअर्थमन्त्री पौडेल

लगानी भित्र्याउने हिसाबले रुपन्देही अग्रणी स्थानमा : पूर्वअर्थमन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा उनले पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ-दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायत पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै गएको बताएका हुन् । 

बुटवल- नारायणगढ र बुटवल-चन्द्रौटा ६ लेन सडक तथा सिद्धबाबामा सुरुङमार्ग निर्माणको क्रममा रहेकाले कनेक्टिभिटीका हिसाबले पर्याप्त पूर्वाधारकै कारण जिल्लामा उद्योग र तारे स्तरका होटेल खुल्ने क्रम बढेको उनको भनाइ छ । 

पौडेलले लुम्बिनी गुरुयोजना पूरा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण समेत गराए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहललगायको उपस्थिति थियो ।