close

राष्ट्रपति कार्यलय गएर कांग्रेस नेताले भने : ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु छ ​​​​​​​

राष्ट्रपति कार्यलय गएर कांग्रेस नेताले भने : ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु छ ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ओली सरकार र अहिले आएको नागरिकता विधेयक हुबहु रहेको बताएका छन् । 

सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर नेपाली कांग्रेसका नेताहरूले ओली सरकार अहिले आएको अध्यादेश हुबहु भएको भनी स्पष्टीकरण दिएका हुन् । 

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले नागरिकता विधेयका सन्दर्भमा राष्ट्रपतिसँग सो जिज्ञासा राखेका थिए । राष्ट्रपति भण्डारीले आम निर्वाचन निष्पक्षमा रुपमा गर्न सरकारलाई सुझाव दिएको कार्कीको भनाइ छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री  देउवालाई बोलाएकी थिइन् ।

देउवा उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका थिए । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

यसअघि राष्ट्रपति भण्डारीले दुवै सदनले पारित नागरिकता विधेयक संसद्मै फिर्ता गरिदिएकी छन् । नागरिकता विधेयक पुन: राष्ट्रपतिकहाँ जाने सम्भावना छ ।