close

गठबन्धनमा सिट बाँडफाँडमा असहमति छैन : प्रचण्ड

गठबन्धनमा सिट बाँडफाँडमा असहमति छैन : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले संघ र प्रदेश निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् ।

शुक्रबार सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । साथै, सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र असहमति नभएको बताएका छन् ।

‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ । असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ,’ प्रचण्डले भने ।

यो पटक प्रतिनिधि र प्रदेश दुबैमा सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

फरक प्रसंगमा प्रचण्डले आगामी निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै उनले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने समेत संकेत गरेका थिए ।