close

पार्टीमा कुराले प्रचण्डलाई नेता मान्ने, तर व्यवहारमा आफैँ ठूलो बन्ने प्रवृति बढ्यो : प्रचण्ड

पार्टीमा कुराले प्रचण्डलाई नेता मान्ने, तर व्यवहारमा आफैँ ठूलो बन्ने प्रवृति बढ्यो : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने, तर व्यवहारमा प्रचण्डभन्दा त म ठूलो हो भनेजस्तो देखिने गरेको बताएका छन् । 

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम कार्यक्रमलाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

‘नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ ।’

पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको प्रचण्डको भनाइ छ ।