close

जनार्दन शर्माले अस्वीकार गरे माओवादीको उपमहासचिव

जनार्दन शर्माले अस्वीकार गरे माओवादीको उपमहासचिव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले उपमहासचिव स्वीकार गरेको बताएका हुन् । उनले आफू संगठन विभाग प्रमुखको हैसियतले कार्यक्रममा उपस्थित भएको बताएका थिए । 

देव गुरुङलाई महासचिव बनाउने निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका शर्माले बुधबार आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएका बताएका हुन् । 

साथै उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताउँदै अखिल क्रान्तिकारीभित्र समानान्तर कमिटी बनाउने समूहकफ समेत आलोचना गरे ।