close

अन्तरघातका कारण कांग्रेस कमजोर बन्याे  : पौडेल

अन्तरघातका कारण कांग्रेस कमजोर बन्याे  : पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण कांग्रेस कमजोर बन्दै गएको बताएका छन् ।

१०९ औं बिपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापन कार्यक्रमलाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने ‘अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी नै कांग्रेस हो, अहिले कांग्रेस कमजोर हुँदै जानुको कारण नै अन्तरघात हो ।’

मंसिर ४ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै काँगे्रसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको कार्यक्रम सुरु गरेको थियो ।