close

जनताले माओवादीलाई देशको चाबी दिन चाहेका छन् : प्रचण्ड

जनताले माओवादीलाई देशको चाबी दिन चाहेका छन् : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले जनताले माओवादी पार्टीको हातमा देशको चाबी दिन चाहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने भएको जनताले बुझिसकेकाले माओवादीलाई जिताउन चाहेको दाबी गरेका हुन् । 

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबाट देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना प्रष्ट भएको बताएका हुन् ।