close

आजदेखि चुनावी प्रक्रिया सुरु

आजदेखि चुनावी प्रक्रिया सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । आजदेखि  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु हुँदैछ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा आज पेश गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न निर्वाचन आयोगले आज र भोलि गरी २ दिनको समय दिएको छ । 

दलहरुले बन्द सूचीमा समानुपातिक उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरि बन्दसूची तयार गर्नुपर्नेछ । जसमा अनिवार्य रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्नेछ । 

प्रतिनिधिसभाको आगामी चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० तथा प्रत्यक्षतर्फ १६५ जना गरी २७५ जना सदस्य निर्वाचित हुनेछन् ।