close

अर्थतन्त्र चलायमान बनाउने प्रयास भइरहेको छ  :  प्रधानमन्त्री

अर्थतन्त्र चलायमान बनाउने प्रयास भइरहेको छ  :  प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउने सक्दो प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै उनले भनेका छन्, एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’