close

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कानुनविद्

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कानुनविद्

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफलका लागि कानुनविद्‌ परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । 

स्रोतका अनुसार  देउवाले १५/२० जना कानुन विद् बोलाउन निर्देशन दिएका छन् । 

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।