close

इनफ इज इनफ भनेर किन कोही बोल्दैनन्  : ओली

इनफ इज इनफ भनेर किन कोही बोल्दैनन्  : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।

बिहीबार  एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

गठबन्धनलाई अह‌ंकारीको स‌ंज्ञा दिँद उनले गठबन्धनले पटक-पटक धारा १८१ को अवज्ञा गरेको बताए । गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।

यस्तै, उनले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताएका छन् । सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दीमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ ।

पञ्चायतकालमा पनि यस्तो नहुने भन्दै उनले भने, ‘सरकारको यो उद्दण्डता, स्वेच्छाचारिता कुनै पनि नागरिकतामाथि पर्न सक्छ ।’

उनले आफू सरकारमा हुँदा इनफ इज इनफको नारा लगाउनेहरु अहिले कता गए भनेर प्रश्न समेत गरे । ‘मोर देन इनफ भनेको यो हो,’ एमाले अध्यक्ष ओलीले भने, ‘इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ? सबै प्रयोजित कुरामा देश चलाउन खोजिएको छ ।’