close

आज रातिबाट निर्वाचन आचारस‌ंहिता लागू हुने

आज रातिबाट निर्वाचन आचारस‌ंहिता लागू हुने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आज रातिबाट निर्वाचन आचारस‌ंहिता  लागू हुने भएको छ ।  निर्वाचन आयोगले आजैबाट आचारस‌ंहिता लागू हुने जनाएको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 

गत आइतबार आयोगले​ विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।  सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।