close

शेखर समूहको आयोजनामा चियापान सम्पन्न

शेखर समूहको आयोजनामा चियापान सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् । कार्यक्रममा पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि पुगेका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहले असन्तुष्टि जनाउँदै निरन्तर दबाव दिइरहेको छ ।  बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ता धर्नासमेत बसेका थिए ।