close

अब प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचार प्रसारमा जान पाउने

अब प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचार प्रसारमा जान पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको छ  । योसँगै प्रधानमन्त्री र मन्त्रीले देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिँडेबापत  अब आलोचना खेप्नुपर्ने पनि छैन । 

आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरु र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेद्वार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो । यो व्यवस्थाका कारण सत्तामा रहेका प्रभावशाली नेताहरु केवल आफू उम्मेद्वार भएको क्षेत्रमा मात्रै सीमित हुन पाउँथे । निर्वाचन आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले समेत विरोध गरेका थिए ।


दलहरुको विरोधपछि आयोगले आचारसंहिता संशोधन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरु प्रचारप्रसारमा जानसक्ने व्यवस्था थपेको हो । त्यसका लागि उनीहरुले निर्वाचन आयोगबाट पहिले अनुमति लिनुपर्नेछ । आचारसंहितामा भएको नयाँ व्यवस्थामा भनिएको छ, ‘मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ ।’