close

उम्मेद्वारी दर्ता कार्यक्रम तोकिएकै समयमा हुन्छ : आयोग

उम्मेद्वारी दर्ता कार्यक्रम तोकिएकै समयमा हुन्छ : आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रम परिमार्जन नगर्ने बताएका छन् । 

शनिबार  आयोगले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभातर्फको उम्मेद्वारी दर्ता निर्धारित समयभित्रै हुने बताउँदै उनले यस्तो बताएका हुन् । 

संघ र प्रदेशतर्फको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए । 

उनले भने–‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’