close

देउवाले पत्नीमार्फत् गराए उम्मेदवारी दर्ता

देउवाले पत्नीमार्फत् गराए उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार पत्नी आरजु राणामार्फत् उनले उम्मेदवार दर्ता गराएका हुन् । 

प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् । 

यही मंसिर  ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ ।  आरजु राणा पनि प्रतिनिधसभा सदस्य निर्वाचनमा भाग लिन अग्रसर भएकी थिइन् । तर,  उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी छैनन् ।