close

प्रतिनिधिसमभाका सबैभन्दा कान्छो उम्मेदवार योगेश गौचन

प्रतिनिधिसमभाका सबैभन्दा कान्छो उम्मेदवार योगेश गौचन

Trulli
ADVERTISEMENT

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गर्दै सम्भवत: नेपालकै कान्छो उम्मेदवार आफू रहेको बताएका छन् । 

उनी पूर्वमन्त्री तथा कांग्रेस मुस्ताङका सभापति रोमी गौचनका छोरा हुन् । प्रतिनिधिसभाका ९१ निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका मध्ये योगेश सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

कांग्रेसले समयको मागलाई मध्यनजर गरी शिक्षित, सक्षम, स्वावलम्बी युवालाई उम्मेदवार बनाएको मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले बताए । 

यस्तै, प्रदेशसभामा क मा नन्दु गुरुङको उमेदवारी परेको छ । उनी मुस्ताङ जिल्ला प्रदेशसभाका क्षेत्रीय सचिव हुन् । यस्तै, प्रदेश खमा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । उनी मुस्ताङ जिल्ला कार्यसमितिका सचिव हुन् ।