close

एमालेमा विद्रोह : बने स्वतन्त्र उम्मेदवार

एमालेमा विद्रोह : बने स्वतन्त्र उम्मेदवार

Trulli
ADVERTISEMENT

काठमाडौं । एमालेमा टिकट नपाएका केही नेताहरूले विद्रोह गरेका छन् । एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले  रुपन्देही १ मा एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट टिकट नपाएपछि निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं-७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । एमालेले काठमाडौं–७ मा श्याम घिमिरेलाई टिकट दिएको छ ।

दैलेख –१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले रवीन्द्रराज शर्मालाई उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै एमालेकी नेतृ गंगा चौधरीले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्।  यस्तै एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिस्ट नेता नेत्रराज पौडेलले धादिङ १ को 'क' मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देही ५ मा नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन् । 

एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा क'बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ ।

सुर्खेत निर्वाचन –१ को प्रदेश सभा ख'मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् ।