close

उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन गर्ने भएको छ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगले जनाएको हो ।

सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी रद्द हुनेछ ।

आयोगले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेल, रेशम चौधरी, विजय गच्छदारलगायत विरुद्ध उजुरी परेको छ । जन्ममिति फरक परेको भन्दै परेको उजुरीमा प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजेभित्र जवाफ दिइसक्नु पर्छ ।
आयोगले आज प्रकाशन गर्ने नामावलीबाट कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बुधबार नै दिउँसो ३ बजेभित्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।