close

सामाजिक सञ्जालबाट गरेको प्रचार निर्वाचन खर्चमा समावेश हुने

सामाजिक सञ्जालबाट गरेको प्रचार निर्वाचन खर्चमा समावेश हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेद्वारले सामाजिक सञ्जालबाट गरेको चुनावी प्रचार प्रसार  निर्वाचन खर्चमा समावेश हुने भएको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको मनोनयन दर्ता भएसँगै राजनीतिक दल र उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार थालेका छन् । 
यसैलाई मध्यनजर गर्दै सोमबार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालबाट गरिएको प्रचारप्रसारलाई समेत निर्वाचन खर्चमा जोड्ने  बताएको हो । 

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरी सार्वजनिक गरिसकेको थियो ।

तर, चुनावी प्रचारप्रसारको लागि सामाजिक सञ्जालको प्रयोग बढेपछि सामाजिक सञ्जालबाट गरिएको विज्ञापन चुनावी खर्चमा समावेश हुने निर्वाचन आयोगले निर्धारण गरेको हो ।