close

एउटै वडाका तीन नेतालाई प्रदेशसभाको टिकट

एउटै वडाका तीन नेतालाई प्रदेशसभाको टिकट

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । 

नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा एकीकृत समाजवादीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी जसपाबाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार  बनेका हुन् । एकै वडाका तीन नेताले गत आइतबार आ–आफ्नो राजनीतिक दलबाटर्‍यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्त्वका साथ हेरिएको छ ।