close

सप्तरीमा दल र स्वतन्त्र उम्मेदवारले  निर्वाचन आचार संहिता उल्लंघन

सप्तरीमा दल र स्वतन्त्र उम्मेदवारले  निर्वाचन आचार संहिता उल्लंघन

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीमा राजनैतिक दल र स्वतन्त्र उममेदवारले  निर्वाचन आचार संहिता उल्लंघन गर्ने गरेको पाइएको छ ।

निर्वाचन आचार संहिता २०७९ विपरित राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको हो । आयोगले  सत्र दिन मात्र निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न पाउने भने दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचार संहिता उल्लंघन गरेका छन् । 

दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचार संहिता विपरित पार्टीको चिन्ह अंकित टिसर्ट र टोपी प्रयोग गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । उनीहरूका कार्यकर्ता पार्टीको चिह्न अंकित टिसर्ट लगाएर घर दैलो कार्यक्रममा सहभागी हुने गरेको छ ।

सप्तरीमा निर्वाचन आचार संहिता विपरित सामाजिक सञ्जालमा पोष्ट समेत गर्दै चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ ।

जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको सार्वजनिक स्थल  भवन, स्मारक, पर्खाल, सडक, खम्बा लगायतका ठाउँमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुनेमा बिजुलीको खम्बामा र सार्वजनिक सबारी साधनमा पार्टीका पोस्टर र झण्डाहरू टाँसिएको छ । 

त्यस्तै राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले  जुलुस वा आमसभा गर्दा  निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको सामग्री बोक्न बन्देज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले लाउडस्पिकर र ध्वनि उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न बन्देज गरिएको भएता पनि दल र स्वतन्त्र उम्मेदवारले  आचार संहिता विपरित कार्य गरिरहेको छ ।

सो सम्बन्धमा  सहायक निर्वाचन अधिकृत कुमार मास्केले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गर्ने दल र स्वतन्त्र उम्मेदवारलाई पहिलो चरणमा सचेत गराउने र नमानेमा कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए ।